नीति तथा कार्यक्रम

Print

आर्थिक वर्ष २०७०।०७१ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम

लक्ष्य ः
रामग्राम नगरपालिकालाई आर्थिक, सामाजिक, भौतिक शैक्षिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रुपमा समुन्नत, आत्मनिर्भर र स्वावलम्बी बनाउने ।

उद्देश्य ः
नगरपालिकाले अन्य सरकारी, गैरसरकारी, निजी क्षेत्र एवं समुदाय समेतको सहभागितामा श्रोत साधन जुटाई उपलव्ध हुने श्रोत साधनको अधिकतम परिचालन गरी नगरपालिकाको ग्रामिण एवं शहरी क्षेत्र बीचमा रहेको आर्थिक एवं सामाजिक असमानतालाई कम गर्दै सुशासन एवं पारदर्शिता कायम गरी समानुपातिक एवं समावेशी विकासको अवधारणा बमोजिम नगरपालिकाको पूर्वाधार विकासका साथै शहरी क्षेत्रको वातावरण सुधारका लागि सामाजिक क्षेत्रमा लगानी बृद्धि गर्दै लक्षित वर्गका निम्ति विशेष कार्यक्रमहरु मार्फत आर्थिक तथा सामाजिक उन्नतिमा पहुँच बृद्धि गर्न गरिवी न्यूनिकरणका कार्यक्रमहरु संचालन गर्दै नगरपालिकालाई संस्थागत रुपमा सवल सक्षम एवं आत्मनिर्भर बनाउंदै लैजाने आ.व. २०७०।२०७१ को नीति तथा कार्यक्रमको मुख्य उद्देश्य हुनेछ ।

प्राथमिकता ः
उपरोक्त उद्देश्य प्राप्तिको निम्ति नगरपालिकाबाट निम्न बमोजिमको प्राथमिकताको आधारमा विषयगत र क्षेत्रगत नीति एवं कार्यक्रम तर्जूमा गरिएको छ ।

१. आवधिक नगर विकास योजना २०६८।०६९–०७२।०७३ ले लिएका दीर्घकालिन सोच, लक्ष्य र उद्देश्यसंग सामन्जष्य हुने गरी  विषयगत तथा  क्षेत्रगत योजनाहरुको तर्ज‘ुमा गर्ने ,
२. महिला, बालबालिका, अशक्त अपागं, दलित, आदिवासी, जनजाती मधेशी, मुस्लिम, पिछडा वर्ग र अति गरीब तथा सीमान्तकृत समुदायको विकासमा यथोचित श्रोत साधन विनियोजन गर्ने ।
३. प्रचलित कानुन बमोजिम नगरपालिकाले लगाउन र उठाउन पाउने कर तथा गैर कर राजश्वका क्षेत्रहरुको पहिचान, संकलन र व्यवस्थापनमा सरकारी र अन्य संघ सस्था तथा निजी क्षेत्रसंग सहकार्य गरी आन्तरिक तथा वाह्य राजश्वका नयां श्रोतहरुको पहिचान गर्दै उपलव्ध श्रोतहरुको अधिकतम परिचालन गर्ने ।
४. शहरी आधारभूत सेवाहरु जस्तै सडक यातायात संजाल विस्तार एवं स्तरोन्नती, आर्सेनिक मुक्त खानेपानी, ढल निकास निर्माण एवं विस्तार गरी सरसफाई एवं वातावरण मैत्री विकास गर्ने ।
५. राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका स्थानीय सरकार एवं स्थानीय निकायसंग सम्बन्धित संघसंस्थासंग भातृत्व पूर्ण सम्बन्ध विकास तथा विस्तार गर्ने ।
६. शिक्षा, संस्कृति, भाषा साहित्य, खेलकुदको योजनावद्ध विकास गर्ने एवं पर्यटन क्षेत्रको विकासमा सरोकारवाला निकायहरु वीचमा सहकार्यात्मक प्रयाश अघि बढाउने ।
७. नगरपालिका तथा सरोकारवालाहरुको संस्थागत क्षमता सुदृढीकरणका लागि नगरक्षमता विकास योजना कार्यान्वयन गर्ने ।
८. समुदायमा आधारित टोल विकास संस्था एवं वडा नागरिक मञ्च  नागरिक सचेतना केन्दहरुको सामाजिक परिचालनको माध्यमबाट सशक्तिकरण गर्ने ।
९. नगरपालिकाले स्वीकृत गरेको प्रकोप ब्यवस्थापन योजना वमोजिमका क्रियाकलापहरु संचालन गर्ने ।
१०. अधुरा र क्रमागत योजनाहरु निरन्तररुपमा संचालन गर्ने ।